सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इन्चार्ज मारिए

प्रकाशित मिति:

सर्लाही  – सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच गोली हानाहान भएको छ । दोहोरो गोली हानाहानमा विप्लव समूहका एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको र दोहोरो झडपमा एक जनाको मृतयु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कुमार पौडेल रहेको प्रहरीको भनाइ छ । उनी नेकपाका सर्लाही इन्चार्ज रहेको प्रहरीले दाबी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पोखरेलले घटनाको पुष्टि गर्दै प्रहरी टोलीले थप अनुसन्धान गरिररहेको खबरहबसँग बताए । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीनजना भने भागेको प्रहरीको भनाइ छ ।