लोक सेवामा आवेदन दिन नपाएकाहरूलाई खुशीको खबर, ५ गुणा बढ्दै अनलाइन सर्भरको क्षमता

५ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
1K Shares

Symbolic

काठमाडौं – सर्भरको समस्याका कारण लोक सेवाको अनलाइन फारम भर्न नसकिरहेकाहरूका लागि खुशीको खबर छ । अनलाइन सिस्टममा आएको समस्याका कारण फारम भर्न नपाएको भन्दै गुनासो आएपछि आयोगले सर्भरको क्षमता ५ गुणा वृद्धि गर्न लागेको हो । यही समस्यका कारण फारम भर्ने म्याद समेत एक साता बढाउनु परेको थियो । ‘हामीले प्रयोग गर्दै आएको सर्भर ४ कोर हो, अब यसलाई बढाएर २० कोर पुर्‍याउँदैछौं,’ आयोगको आईटी शाखाका एक कर्मचारीले लोकान्तरसँग भने । आजै साँझसम्ममा समस्या समाधान हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

धेरैले एकैपटक अनलाइन आवेदन दिन प्रयास गर्दा समस्या आएको उनले बताए । ‘हामी नेपालीको बानी नै लास्टमा गर्ने छ,’ उनले भने, ‘एकैपटक धेरैले एक्सेस गरे । एकैचोटि गर्न खोज्दा समस्या भयो ।’ ‘हाइ स्पीड’को नयाँ सर्भर आएपछि समस्या समाधान हुने उनको विश्वास छ । अनलाइन सिस्टममा आएको समस्याका बावजुद पनि फारम भर्ने क्रम भने रोकिएको छैन ।

समस्या आएको र कामै नभएको भनिएका दिनमा समेत १५/२० हजारको हाराहारीमा अनलाइन आवेदन सब्मिट भएको ती कर्मचारीले जानकारी दिए । ‘जेठ ३१ गते २२ हजार आवेदन परेको थियो । अझ कामै नभएको र मुख्य समस्या आएको भनिएको दिन असार ३ गते १८ हजार आवेदन परेको छ,’ उनले भने । असार ३ गते फारम भर्ने अन्तिम मिति थियो । सर्भर समस्याका कारण त्यसलाई बढाएर असार १० गतेसम्म पुर्‍याइएको छ । दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिन्छ । लोक सेवाले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा आवेदन आह्वान गरेको छ । – लोकान्तर

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु