सैनामैनामा आफ्नै छोराले आमााको घर जलाइदिएपछी ..

प्रकाशित मिति:

बुटवल – बिहिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन् । सो नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट पारिदिएका हुन् । घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको सैनामैना प्रहरी चौकी प्रमुख प्रहरी नायव  निरीक्षक बाबुराम घिमिरेले बताए ।

माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसइवीका कारण जलाइएको सई घिमिरेको भनाई छ । कुनै मानवीय र क्षति नभएको घिमिरेले बताए । नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको घिमिरेले बताए । आगो घिमिरेलाई नियन्त्रणमा लिइएको सई घिमिरेले जानकारी दिए ।