अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा नेपाली बन्यो

प्रकाशित मिति:

वाशिंटन डीसी – अमेरिकाको नेब्रास्का राज्यमा नेपाली भाषा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा रहेको सार्वजनिक भएको छ । अमेरिकी समाचार संस्था बिजनेश इन्साइडरले हालै सार्वजनिक गरेको एक समाचार अनुसार अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि नेपाली भाषा सबैभन्दा धेरै बोलिन्छ । सन् २०१७ को अमेरिकी कम्युनिटी सर्भेको तथ्याङ्क अनुसार सार्वजनिक गरिएको नक्शामा नेब्रास्का राज्यमा नेपाली भाषा अङ्ग्रेजी र स्पेनिस पछि सबैभन्दा धेरै बोलिन्छ । कम्युनिटी सर्भेले १० लाख अमेरिकीसँग गरेको सर्वेक्षणका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।

त्यसबाहेक अङ्ग्रेजी र स्पेनी भाषाबाहेक सबैभन्दा धेरै बोलिने तेश्रो भाषा जर्मन रहेको उल्लेख छ । अमेरिकाका ९ राज्यमा जर्मन भाषा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा रहेको जनाइएको छ । त्यस्तै, फ्रेन्च भाषा अमेरिकाका ६ राज्य तथा राजधानी वाशिंटन डीसीमा अङ्ग्रेजी र स्पेनीपछि सबैभन्दा धेरै बोलिन्छ । भियतनामी भाषा भने अमेरिकाका ६ राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिन्छ । तस्वीर–बिजनेश इन्साइडर