म यस्तो गीत गाउँछु २’ को तयारीमा सुदर्शन

५ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
56 Shares


काठमाडौँ –नेपालमा फिल्मको सिक्वेल निर्माण गर्ने क्रम बढ्दो छ । उही नाम सापटी लिएर फरक कथामा फिल्म बनाउने क्रम पछिल्लो समय घटेको छैन, बरु बढेको छ । जेठमा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ लाई पनि वीर विक्रम को सिक्वेलका रुपमा बनाइएको भनिएको थियो । तर, ‘वीर विक्रम २’ चलेन । त्यसो त ‘वीर विक्रम’ पनि आफैमा सफल चलचित्र होइन ।

फ्लप फिल्मको सिक्वेल बनाउने चलन नेपालका लागि अब नौलो भएन । यता निर्देशक सुदर्शन थापाले फिल्म ‘म यस्तो गाउँछु २’ बनाउने घोषणा २ वर्षअघि नै गरेका थिए । यद्यपि फिल्म अहिलेसम्म बनेको छैन । पल शाह र पूजा शर्माको जोडी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ पनि बक्स अफिसमा औसत व्यापार गर्ने फिल्म बनेको थियो ।म यस्तो गीत गाउँछु २’ बनाउँछु भनेर घोषणा गरे पनि पछि सुदर्शन थापाले ‘रामकहानी’ निर्देशन गरेका थिए, जुन फिल्म गतवर्ष रिलिज भएको थियो । त्यसपछि फेरि उनी फिल्म ‘सम्हालिन्छ कहिले मन’ को निर्माणमा जुटे ।

यतिबेला भने निर्देशक सुदर्शन थापा पुनस् ‘म यस्तो गीत गाउँछु २’ को तयारीमा जुटेका छन् । निकट स्रोतका अनुसार उनी अब ‘सम्हालिन्छ कहिले मन’ पछि उनी यही फिल्म बनाउने मनशायमा छन् । तर फिल्मा पल शाह फेरि दोहोरिने भन्नेमा अहिले नै पक्का भन्न सकिने अवस्था छैन । पूजा शर्मा भने नायिकाका रुपमा रहने उच्च सम्भावना छ ।पल शाहलाई ‘म यस्तो गीत गाउँछु’ ले केही हदसम्म क्रेडिट दिएको थियो । पछिल्लो समय उनी अभिनित फिल्म खासै सफल बन्न सकेका छैनन् । यदि ‘म यस्तो गीत गाउँछु २’ मा पल नै भित्रिए भने निर्माण टिम र पल दुवैलाई फाइदा पुग्ने कतिपयले आँकलन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…