सांसद रेशम चौधरी वीर अस्पतालमा भर्ना

प्रकाशित मिति:

काठमाडौँ -सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन् । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन् ।कैलालीबाट निर्वाचित सांसद चौधरी काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन् । उनका परिवार स्रोतका अनुुसार सांसद रेशम केही समय अगाडिदेखि अस्पतालमा नियमित जाँचका लागि गइरहेका थिए ।

सांसद चौधरीलाई आज बिहीबार श्वास फेर्न र हिँड्नसमेत गाह्रो भएपछि उनी अस्पताल भर्ना गरिएको बताइएको छ ।