हिमाञ्चलमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु

प्रकाशित मिति:

नयाँ दिल्ली – भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा करिब ३४ जना घाइते रहेका जनाइएको छ ।

कुल्लुबाट सदा गुशैनी भन्ने ठाउँतर्फ गइरहेको एचपी–६५–७०६५ नम्बरको बसमा ७८ जना सवार रहेका जनाइएको छ । क्षमताभन्दा बढी यात्रु चढाइएको बस सडकबाट पल्टिएर खोचमा खसेको थियो । प्रहरीले क्षमताभन्दा बढी सवारी चढाइएको र चालकको लापरवाहीका कारण दुर्घटना भएको जनाएको छ ।