कपडा पसलमा आगलागी,हुदा पाँच करोडको क्षति

प्रकाशित मिति:

दमक -दमकको एक थोक कपडा पसलमा गए राति आगलागी हुँदा करिब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा आगलागी भएको हो ।

बिहीबार राति १२ बजेतिर अचानक आगलागी भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए।बिधुत  चुहिएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।