चेक रिपब्लिकमा नेपाली जनसंपर्क समिती गठन

प्रकाशित मिति:

चेक – नेपाली जनसंपर्क समिती चेक रिपब्लिक (युरोप) को तदर्थ समिती गठन भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम सांसद डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा उक्त समिती गठन भएको हो । तदर्थ समितीको अध्यक्षमा प्रेमराज खरेल उपाध्यक्ष पूर्वज पन्त , रमा पोख्रेल सचिब कुल चन्द्र पन्थी सह – सचिब गोपाल बस्नेत , कोषाध्यक्ष अलिजा सिंह क्षेत्री , सह कोषाध्यक्ष भुवन श्रेष्ठ रहेका छन । त्यस्तै सदस्यहरुमा प्रकाश सापकोटा , देबनारायण चौधरी , दिनेश भण्डारी , जगन्नाथ थापा , मनोज सुबेदी , भिम लामिछाने , लक्ष्मण गैरे रहेका छन ।

केन्द्रिय कमिटी गठनका लागि तदर्थ समिती गठन प्रकृया अघी बढाएको र छिट्टै समिती बिस्तार गर्न लागिपरेको सचिब कुलचन्द्र पन्थीले सबलपोस्ट लाई बताउनुभयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एबम नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले बिभिन्न ठाउँमा जनसंपर्क समिती गठन गर्नाले सिंगो नेपाली कांग्रेसलाई टेवा पुग्ने र थप पार्टी मजबुद रहने बताउनुभएको थियो ।
चेक संगै अव ३४ राष्ट्रमा जनसंपर्क समिती बिस्तार भएको छ ।