धादिङ जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुल्यो (नामावलीसहित)

प्रकाशित मिति:

धादिङ – धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, कार्कीडाँडाकै ३२ वर्षका सेतु मिजार, गल्ची–६ बाँझगाउँका ३० वर्षीया कान्छी भजेल र बाँझगाउकै २५ वर्षीया नानु तामाङ छन् ।

गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना परेको थियो । बैरेनीबाट करिब ५ किलोमिटर भित्र कच्ची सडकमा भएको दुर्घटनामा १० जना घाइते भएका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीपमा करिब १८ जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।