यो वर्षको पहिलो तीज गीत चरी बस्यो बजारमा – भिडियो सहित

६ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
125 Shares


काठमाण्डौ, असार ६।

हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्र्दै बजारमा तीज लक्षित गीत आउने क्रमको सुरुवात भइसकेको छ ।
यसै क्रममा यो वर्षको पहिलो तीज कोशेलीको रुपमा चर्चीत गायीका देवि घर्ती र गायक महेन्द्र भण्डारीको आवाजमा चरी बस्यो निगाली गाँजैमा वोलको तीज गीत बजारमा आएको छ ।

शिवदर्शन फिल्मस प्रालिले बजार ब्यबस्थापन गरेको गीतको शब्द गायत्री थापाको रहेको छ । लय सङ्कलन गायक स्वयं महेन्द्र भण्डारीको रहेको यो गीतमा नाच तथा अभिनय कलाकार खगेन्द्र बिष्ट र कलाकार जुना सुन्दासको रहेको छ ।गीतले माया पिरतिको कथा बस्तुलाई समाबेश गरेको पाईन्छ आफ्नो मान्छेको माया कती हुन्छ भन्ने कुरालाई गीतले बोलेको छ ।

गत बर्ष पनि देबी घर्ति र खुमन अधिकारीले गाएको गीत जरुरी कुरा छ पनि अत्याधिक रुचाइएको गीत हो । यो गीत चरी बस्योलाई निर्देशक मदन खड्काले निर्देशन गरेका छन् भने छायाङ्कन करण चैसिरको रहेको छ । वर्तमान समयका जल्दाबल्दा बिषयलाई समेटेर गीत बनाएको महेन्द्र भण्डारीको भनाई छ । गायक भण्डारीले यसपाली आफ्न ४ वटा तीज गीत बजारमा आउने गुल्मीन्युज डट कमलाई बताएका छन् । अहिले सम्म महेन्द्र भण्डारीका १५० गीत तथा सिर्जनाहरु बजारमा आईसकेका छन् ।

हेर्नुहोस् भिडियो –https://youtu.be/s9Y33X3qq14?t=108

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही