बुटवलमा योग दिवस मनाईयो

६ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
46 Shares


बुटवल  – शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यताको लागि योग अनिवार्य रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । तनाव रहित जिवनको लागि दैनिक रुपमा योग अभ्यास गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन । पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर द आर्ट अफ लिभिङ्गले आज बुटवलमा आयोजना गरेको योग शिबिरमा बोल्ने बक्ताहरुले योग शिविरमा मात्र सीमित नगरेर घरमा समेत दैनिक रुपमा योग अभ्यासको आवश्यकता रहेको बताएका छन ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले विश्वमा योगको महत्व बढ्दै गएको बताएका छन । द आर्ट अफ लिभिङ्गका रुपन्देही जिल्ला संयोजक बिन्ध्या केशर जोशी अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर ५ तालिम केन्द्र बुटवलका प्रहरी उपरिक्षक विरेन्द्र कुमार श्रेष्ठ , उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु लगायतको उपस्थिती रहेको थियो । आर्ट अफ लिभिङ्गका प्रशिक्षक केशव शाही, मनोज सापकोटा , भारती जोशी , सिर्जना गिरी , रुपा भण्डारी , बाबुरामले शिविरमा योग अभ्यास गराएका थिए । शिविरमा ५०० जनाको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक राजेश गैर र सारदा खरेलले संयुक्त रुपमा समापन गर्नु भएको कार्यक्रमको सञ्चालन चिरन बरालले गर्नु भएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने योग गुरुहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया