संस्मरणः जन्मभुमी

प्रकाशित मिति:

अर्जुन ज्ञवाली
सायद समथर भएर होला जन्मेको ठाँउलाइ जुम्लादी मैदान भनिन्थ्यो । मैदानको बीचमा भुमध्यरेखिय सिधा बाटो । आगाडी रेसुङ्गा र अर्जुनले पहरेदार गरे जस्तो लाग्थ्यो । उत्तरमा सबैभन्दा माथी सेतो धौलागिरी सधै हासिरहन्थ्यो । अन्नपूर्ण र माछापुच्छ्रे, अरु पवर्तमाला पनि अटल साथमा सधै सधै उभीरहन्थे । पश्चिम तिर घेराको लेख(लेक)को डाडो गझधम्म बसेको छ तर शिर ढाकाटोपी जस्तै लान्थ्यो । सायद त्यतिबेला सन्सारको सिमा त्यति नै हो भन्थे । घर देखी मास्तीर थाम्का(थुम्को) बाट वरीपरी हेर्दा सन्सारको सबैभन्दा खुसी मान्छे म नै थिए, कस्तो मनमोहक, मन रोमान्चीत बनाइदिने दृश्य, हे, भगवान यो कस्तो सुन्दर स्र्वगमा मलाइ जन्मदियौ जुनीजुनी यही जन्मन पाउ यस्तै कल्पना हुन्थ्यो त्यतीबेला ।
सुन्तला र कागतीको रुखमा बसेका चिरविर चराको आबाजसगै रेसुङ्गालाइ सिंदुर हालेर झुल्केको उषा किरण सिधै निद्रा ब्युझ्याउन ओक्ष्यान मै आउथ्यो बिहानबिहान । बुङ्बुङ्गती धुलो उड्ने मोटर बाटोको धुलो पाउडर बनेर शरीरमा लेपिन्थ्यो । त्यही बुङ्ग धुलोमाथी आकाशबाट बरर्र पानी बर्षिदा महङ्ग बसाएको माटोको बास्नाले अहिले पानी नाकलाइ छोडेको छैन । स्कुलको छानो हावाले उडाउदा बाझा कटौजे खुल्ला आकाश मुनि चौरमा छुट्टाछुट्टै समहुमा पढेको याद कालजयी छ । स्कुल र्निमाणलाई बालुवा लिन जादा होस वा दशैको कमेरो माटो ल्याउन जादा कहिले पनाह त कहिले खुर्पा र सुफ्ला खोलामा बनमा फुल्यो फुल बोलको गित गाउदै पौडि खेलेको अस्ति जस्तो लाग्छ । सहपाठिसँग दिउँसोको खाजा बगने(गिलो) रोटी कहिले पन्चयातघर छेउछााउ त कहिले भिरपरी,कैनासीत, खौला गएर मीठो मानीमानी खाएको यो जिब्रो साक्षी छ । बासको घारीमा काक्रो फालेर एक बजेको छुट्टीमा प्वाट्ट ढुङ्गामा फोरेर खाएको त्यो मज्जा अब कहिल्यै आउदैन । कैनासुतका कुत्लिकासा कोट्टाउदै खादा कति मिठा लाग्थ्यो ।

भोलीवल खेल्ने रहरले डाडा पोखरीलाइ फराकिलो बनाइ साथिभाइ मिलेर नेट(जाली) बुनेर कति खेल्थ्यौ । अरौदीका तिजु, काफल, ऐसेलु खाना भिर परीबाट फुङ्गाल्दै लर्कदै गएको सम्झदा अहिले ज्यान जिरिङ्ग हुन्छ त्यहाबाट लोटेको(लडेका) भए के हुन्थ्यो होला ? केतुकी, ढुङ्गा र स्कुलका झ्याल धोका अन्य कुनै लेख्ने ठाउमा आफ्नो नाम लेख्न पाउँदा आफै दङ्ग परिन्थयो । बर्खे झरीमा कहिले कर्कालाको पात त कहिले केराको पात ओडेर स्कुल गैन्थ्यो । साच्चै कस्तो मिलेर काम गर्दथ्यौ । प्रतेक शुक्रबार कक्षा कोठा लिप्दा केटी साथीहरू लिप्ने, केटा साथिले रातो माटो र पानी ल्याथ्यौ । कहिलेकाही झगडा हुने तलमाथिका साथिको बिच उस्तै परे घमसान हुने तर के कारणले थाहा छैन । साथीहरू मिलेर कहिले स्कुलमाथी दाम्को वा कहिले भिरपरी सुन्तला किनेर खान्थ्यौ । चुइगम, भेली, टाटा बिस्कुट र दालमोड चपाइचपाइ खादा मुड नै ताजा बनाउथ्यो । स्कुल मुनीको कुजापात्ला जङ्गलको कटुस खोजी खोजी खाइन्थ्यो । त्यही जङ्गलमा बाघवारि, घरबारी अरु त्यस्तै केके लुकामारी खेल्थ्यौ । कपर्दीका कुरै नगरौ। हिलोमा ,पानीमा निथुर्क्क भिजेर पनि खेल्थ्यौ । कमिज नै फुकालेर विपक्षीलाई जिल्ल पारेर खेल जित्थ्यौ । धान रोपाइको बेला पुरी पिठो खेतको आलिमा बसेर खादा मज्जै अर्कै थियो ।

दशैमा टीका लगाउदै प्रतेक घरबाट एउटाएउटा रोटी उठाउदा त्यही तिहार सम्म चपाउन पाइन्थो । शहर घुम्ने अभिलाषाले ढाक्रेको जिन्दगी सुन्तला चुत्राबेसी बेच्न गइन्थ्यो । सबैभन्दा पहिला सुन्तला बेचेपछि कहिले रित्तो झोला त कहिल खोकन भएको रित्तो डोको बोकेर वजारका गल्लीगल्ली चहार्दा बिजेता भएको अनुभव हुन्थ्यो । राति २ बजे उस्तै परे राति १ बजे नै खाना खाइउरी ढाक्रे बनेर बाटा लागिन्थ्यो । चलचित्र सिमानाको उकालीओराली भन्ने बोलको गित अधिक गाइन्थ्यो । सुन्तला बेचेको पैसाले घरको आवश्कता र आफुलाइ रहर लागेको लत्ताकपडा, भाडाकुडा किनिन्थ्यो । अलिअलि नया बेग(पर्स)मा पैसा राखिन्थ्यो ।

त्यो थामाचौर साच्चै स्वर्गको अप्सरा नै थियो र छ पनि । सल्लाका धुनमा सिरसिर हावा चल्दा त्यही हावा खाएर बाच्न पाए मन लाग्थ्यो । पोखरी डाडामा दुवोको कम्मल माथि भिराली पल्टीदा कपडामा लागेको धुलोको कुनै प्रवाह गरीन्नथ्यो । एउटा पातलो ढुगां गोलो बनाए राज्य खेलिन्थ्यो । अलिधेरै पातलो चेप्टे ढुगां गोलो बनाएर अप खेलिन्थ्यो । टालाटुली बटुलेर मोझामा खादेर बनाएको कपडाको भकुण्डोले हिर्कानु हिर्कान्थ्यो । भकुण्डो कहिलेकाही खोल्साखोल्सीको, पोखरीको पानिमा पर्दथ्यो, त्यह िभिजेको भकुण्डोले पिठ्युमा र्हिकाउदा डाम नै बस्थ्यो । आज त्यो डाम ह्रदयमा अमिट सम्झना भएर बसेको छ । गोठालो जादा गोरु जुदाउने होडबाजी नै चल्थ्यो । कसको गोरुले जित्ले भनेर । बिचरा गोरुको सिंग फुक्लन्थियो रगताम्य हुन्थ्यो । सारै डर लाग्थ्यो । बर्खामास बादर हेर्ने न्युमा मकै पालेर शाहकारी सेकुवा खाइन्थो आहा कति स्वादिस्ट थियो । साथीभाइ मिलेर खाजा खाइन्थ्यो, कहीले जुल्पी ( जेरी ) , कहिले दुध उठाएर खिर खाइन्थ्यो । तिहारमा द्यौसीभैली खेल्दा मेरो मुख्य काम भट्टाउने हुन्थ्यो, साथमा पलास्टीकको खप्प। लगाएर छेलीमा मारुनलाइ जीस्काइ जीस्काइ कमेडी गर्नुपथ्र्यो तर मुख्य जीम्मेबारी भैलीमा उठेको पैसा राख्ने, । यो काम सधै गरे। ऋहिले सम्झदा साथिहरुले विश्वास गर्ने उबेला नै भएको रहेछु। अहिले गौरव लाग्छ । सायद यही नै हो प्रेरणा जीन्दगीभरीको लागि । धन कमाउन भन्दा मन कमाउन नै मलाइ औधी रुची छ । क्रमश …….