सुरूङभित्र थुनिएका १७ कामदारको सकुशल उद्दार

प्रकाशित मिति:

रसुवा – विहिवार राति गएको सुख्खा पहिरोका कारण रसुवा गढि जलविद्युत आयोजनामा सुरूङभित्र थुनिएका १७ कामदारको सकुशल उदार गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गोसाईकुन्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा निर्माणाधिन १११ मेगावाट को आयोजना स्थलमा विहिवार साझ ८ः३० बजे अकस्मात सुख्खा पहिरो जाँदा ११ नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका थिए ।

उनीहरुको उदारका लागि नेपाली सेना सशस्त्र प्रहरी र जनपद प्रहरी गरी ३८ जनाको टोली खटेको थियो । पहिरो जाँदा कुनै पनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । – न्युजअफनेपाल