इटहरीका मेयरलाई पागलखानामा भर्ना गर्नुपर्छ : सांसद विन्दिया कार्की

६ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
92 Shares


विराटनगर – प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान भएको टिप्पणी गरिन् । सांसद कार्कीले मेयर चौधरीले महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन छ ? भनी प्रश्नसमेत गरिन् ।

‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ?’ उनले प्रश्न गरिन् ‘सक्नु हून्छ भने सुधार गर्नु प¥यो, कि पागलखानामा भर्ती गर्न सक्नुप¥यो ? नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो ?’ मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् । ‘किन मेयर चौधरीको यतिका बिषय बाहिर आउँदासमेत उसको पार्टी नेकपा मौन छ, कि भन्नु प¥यो हाम्रो पार्टीको नीति सिद्धान्त यही हो भनेर, नत्र किन नेकपाका महिला नेतृहरु पनि यस बिषयमा चुप हुनुहुन्छ ?’

मेयर चौधरीलाई कारबाही गर्न नेकपाकै महिला नेतृहरु लाग्नुपर्ने उनले बताइन् । मेयर चौधरीले दुई दिनअघि इटहरीको लविपुर चौकमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए । उनले यौनधन्दामा संलग्न महिलाहरुका कारण त्यस क्षेत्रमा मदिरा, महिलाले प्रयोग गर्ने श्रृङ्गार सामग्री र गर्भ निरोध चक्की पिल्सको व्यापार बढेको बताएका थिए । मेयरको उक्त अभिव्यक्तिप्रति महिला सञ्जालले समेत आपत्ति प्रकट गरेको छ भने सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघि मेयर चौधरीले पत्रकारलाई धम्की दिएपछि आलोचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु