डोटीको सेती नदीमा बगेर एक बालकको ज्यान गयो

प्रकाशित मिति:

डोटी –  डोटीको सेती नदीमा बगेर एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मुँद्दा फाँटका प्रहरी निरिक्षक कर्ण बोहराले दिनु भएको जानकारी अनुसार शुक्रवार दिउसो सेती नदीमा नुहाँउन गएका बेला शिखर नगरपालिका वडान. १० बानीडुग्रीसैन बस्ने हरिष बलायरका छोरा वर्ष ७ का गोबिन्द बलायरको बगेर ज्यान गएकोे हो ।

स्थानिय सेवा एकेडेमी बार्डिङमा यू केजीमा पढ्ने निज बालक दिउसो स्कुल छुट्टी भए संङ्गै सेती नदीमा नुहाँउन गएका थिए । नुहाँउने क्रममा एका एक बगेका निज बालक बलायर करिब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक बालक बलायरको अन्त्यष्टि समेत गरिएको डोटी प्रहरीले जनाएको छ । वैशाख याता देखी डोटीको सेती नदीमा बगेर ज्यान गुमाउनेहरुको संख्या बलायर सहित ४ जना पुगेको छ ।