सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत कृषि, पर्यटन, उद्योग, खेलकुद, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

प्रकाशित मिति:

सैनामैना – सैनामैना नगरपालिकाले विकास र पूर्वाधार विकासका लागि कार्यान्वयनको वर्षका रुपमा लिंदै आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम हिजो प्रस्तुत गरेको छ । बिहीबार सुरु भएको सैनामैनाको पाँचौ नगरसभामा नगर प्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध सैनामैना सुखी जनताको संकल्प साकार पार्ने अठोटको कार्यक्रम तय गरिएको बताउनु भएको छ ।
कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सुसँस्कृत, समृद्ध नगर सैनामैनाको आधारलाई साकार पार्ने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको प्रमुख कार्कीले बताउनुभयो । नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयनका लागि नगरपालिकाले सबैसंग सहकार्य गरिने भन्दै प्रमुख कार्कीले नगरपालिकाले निर्दिष्ट गरे बमोजिम आर्थिक समृद्धि एवम दिगो विकासमा लाग्नु जनप्रतिनिधिहरु एवम कर्मचारीहरुको साझा कर्तव्य रहेको उल्लेख गर्नुभयो ।

सैनामैनाले आर्थिक वर्ष २०७५÷०७६ मा लिएका निति तथा कार्यक्रमहरु कार्यान्वयन भइरहेको भन्दै आगामी आवमा यस्लाई अझ उन्नत स्तरमा कार्यान्वयन गरिने बताइएको छ । सैनामैनाले नगर गुरुयोजना निर्माण, ठूला पूर्वाधार विकास, एकिकृत नमुना बस्ती विकास, हाटबजार स्थानान्तरण एवं निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि,पशु, स्वरोजगार एवं क्षमता विकास जस्ता कार्यक्रमहरु प्राथमिकता साथ सञ्चालन गरिरहेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, संघीय सरकार तथा प्रदेश सरकारको सहभागितामा समपूरक अनुदान तथा विशेष अनुदानबाट, सामुदायीक विद्यालयमा सूचना प्रविधिको विकास, अन्तर स्थानीयतह दमकल खरीद, व्यवस्थीत सडक निर्माण, हाटवजार स्थानान्तरणको लागि पूर्वाधार निर्माण जस्ता कार्यक्रम सैनामैनाको प्राथमिकतामा छन् ।
सैनामैना नगरपालिकाको नगर गुरुयोजना तर्जुमा भएको छ । सोही गुरु योजनालाई नगरको अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन बिकासका लक्ष्यहरु निर्धारण गर्ने मार्गदर्शकको रुपमा लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगर गुरुयोजनाको आधारमा योजनाहरुको प्राथामिकताक्रम निर्धारण गरेर क्रमश कार्यान्वयन गर्दै लगिने र आम जनजीवनस“ग प्रत्यक्ष सरोकार राख्ने भूमिको व्यवस्थित तथा वैज्ञानिक उपयोग गर्ने वातावरण तयार पार्नका लागि नगरको भू–उपयोग योजना निर्माण गर्ने कार्य अन्तिम चरणमा रहेको प्रमुख कार्कीले बताउनभुयो ।  सैनामैनाले आगामी आवका लागि संस्कृति तथा पर्यटन, आर्थिक विकास, उत्पादन गरौं, आत्मनिर्भर बनौं, औद्योगिक ग्राम, प्रविधिमा आधारित गुणस्तरीय वालमैत्री शिक्षा, हामी सबैको इच्छा, स्वास्थ्य तथा सरसफाई, हरियाली प्रवद्र्धन, सामाजिक न्याय र समताका लागि सकारात्मक विभेद, अन्तर्राष्ट्रिय खेल मैदान निर्माण, , शीतभण्डार निर्माण, नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाहलगायतका ६८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।आर्थिक वर्ष २०७६÷७७ मा सैनामैनाको बुद्धकालिन सभ्यतालाई उजागार गर्दै त्यसलाई पर्यटकीय र खोज अनुसन्धानको केन्द्र बनाइने भएको छ । सैनामैनालाई बुद्धकालिन समयको आफ्नै सभ्यता भएको र शिल्क रोडको एउटा हिस्सा रहेको प्राचिन सहरका रुपमा लिइन्छ । हालसम्म ओझेल र अतिक्रमणमा परेको सैनामैनाको बुद्धकालिन सभ्यतालाई उजागार गर्ने र अनुसन्धानको केन्द्र बनाउने काममा जनप्रतिनिधि आएपछि विशेष चासो समेत दिइएको छ । सांस्कृतिक सहर निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनु यसैको अर्को उदाहरण हो ।  यस्तै सैनामैना चक्रपथलाई कालोपत्रे गर्ने, लुम्बिनी जोड्ने सडकहरुलाई स्तरोन्नति गर्ने, कृषि क्षेत्रलाई प्राथिमकता दिंदै उत्पादकत्व बढाउने, बहुउद्देश्यीय जलासय निर्माण गर्ने, खेलकुदका लागि स्टेडियम निर्माण देखि सीप विकास तालिम केन्द्र सञ्चालन सम्मका कामलाई सैनामैनाले आगामी आवका लागि प्राथिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सैनामैना क्षेत्रको इतिहास, भूगोल, धर्म र संस्कृति झल्कने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने भएको छ । बुद्धकालीन ऐतिहासिक शहरका रुपमा रहेको सैनामैनाको अध्ययन, अनुसन्धान र संरक्षण गरी महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । पवित्र स्थल लुम्बिनीसंग सम्बन्धित रहेको सैनामैनालाई चक्रपथमार्फत लुम्बिनी परिपथमा जोडेर परिक्रमा मार्ग बनाइने र छिमेकका अरु पालिकाहरुलाई पनि चक्रपथमार्फत जोडिने भएको छ । सैनामैनाले वडा नं। २ मा रहेको थारु होमस्टेलाई अझ व्यवस्थित गर्दै पाहुना घर निर्माण गरि सैनामैना चिनाउने विशेष होम स्टेका रुपमा सञ्चालन गर्ने भएको छ ।

कृषिलाई प्राथिमकता  सैनामैनाले कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि क्षेत्रमा लगानीमैत्री वातावरण सृजना गरी आत्मनिर्भर बनाउनेतर्फ विशेष जोड दिइने भएको छ । शीतभण्डार निर्माण देखि स्वरोजगार र उद्यमशिलता अभिवृद्धि गरी सैनामैनावासीहरुको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूती गराउने खालका कार्यक्रमहरु क्रमश ः कार्यान्वयन गर्दै लगिने नीति तथा कार्यक्रममा छ । कृषिमा दिंदै आएको विभिन्न अनुदानलाई बृद्धि गरिने भएको छ ।‘उत्पादन गरौ“ आत्मनिर्भर बनौ“’ भन्ने अभियानलाई साकार पार्न कृषि उत्पादकत्व वृद्धि गर्न कृषि कार्यमा सुधार, बजारीकरण, यान्त्रिकरण, एकीकृत वैज्ञानिक कृषि प्रणाली लागु गर्दै करार, सहकारी तथा सामुहिक खेतिलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारबाट दिइने अनुदानसहकारी तथा सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिइनेछ । कृषियोग्य जमिनको चक्लावन्दि गरी व्यवस्थित गर्न गैरकानुनी खण्डिकरणलाई नियन्त्रण गर्ने गरी नीतिगत व्यवस्था गरिने भएको छ । कृषि तथा पशुपालनमा युवा कृषकहरुलाई प्रोत्साहन गर्न निर्वाहमुखि कृषि प्रणालीलाई क्रमशः विस्थापित गरेर व्यवसायिक कृषि प्रणालीको विकास तर्फ आकर्षित गरिने भएको छ । माछा, मासु, दुध, अण्डा जस्ता क्षेत्रमा आत्मनिर्भर भईसकेकोले यसको व्यवसायिकरण गर्ने कार्यलाई उच्च प्राथमिकता दिइने भएको छ । कृषिमा दिइने अनुदान कार्यलाई भू–उपयोग योजनाले निर्दिष्ट गरेका कृषिको सुपर जोन, कृषि जोन र व्यवसायिक कृषि क्षेत्रमा केन्द्रीत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  प्रदेश सरकार सँगको सहकार्यमा वडा नं। ३ मा स्मार्ट कुखुरा पालन, वडा नं। ६ र ११ मा स्मार्ट पशुपालनको लागि कृषि ग्राम कार्यक्रम सञ्चालनमा रहेको छ । व्यवसायिक कृषि तथा पशुपालक कृषकको क्षतिलाई न्यूनिकरण गर्न कृषि तथा पशुपालन क्षेत्रमा अनिवार्य विमा गर्ने वानीको विकास गर्न विमा क्षेत्रमा अनुदान दिने नीति लिइने भएको छ । पशुपालक कृषकहरुलाई नश्ल सुधारको लागि उन्नत जातको सिमेन उपलब्ध गराइने भएको छ । पशुपालन गर्दै आएका किसानहरुले नश्ल सुधारका कार्यक्रम प्रभावकारी नभएको गुनासो गरिरहेका बेलामा सैनामैनाले त्यसलाई सम्बोधन गर्दै यस्तो कार्यक्रम ल्याएको हो ।
नगरपालिका भित्र स्थापना भई सञ्चालनमा रहेका एकै प्रकृतिका सहकारी संस्थाहरुलाई न्यूनतम सदस्य संख्या र पूँजिको सीमा तोकी समान प्रकृति र उद्देश्य भएका सहकारीहरुलाई मर्ज गर्ने गरी कानूनी व्यवस्था मिलाइने भएको छ । सहकारीको माध्यमबाट एकिकृत कृषि, उद्योग तथा व्यापारको क्षेत्रमा लगानी गर्ने र सहकारीहरुले अनुत्पादक क्षेत्रमा गर्ने लगानीलाई निरुत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । मर्ज गरिएका सहकारीहरुलाई औद्योगिक ग्राम क्षेत्र भित्र उद्योग सञ्चालनको लागि जग्गा उपलव्ध गराइने भएको छ ।

विद्यालयमा जंकफुड प्रतिबन्ध  नगरपालिका भित्रका सवै विद्यालयहरुमा जंकफुडलाई निरुत्साहित गर्नेदेखि विद्यालय भवनमा एकै किसिमको रंग रोगन गर्न प्रोत्साहन गरिने भएको छ । विहानी सत्रमा संचालन भएका सवै विद्यालयहरुलाई दिवा सत्रमा संचालन गरिने भएको छ । माध्यमिक तह पुरा गर्न नसकेका र प्राविधिक शिक्षा पढन चाहने युवाहरुलाई सीटीइभीटीबाट संचालन गरिएका छोटो तथा लामो अवधिको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा दिइदै आएको छात्रवृति लाई निरन्तरता दिइने भएको छ ।  स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न पहल गरिने भएको छ । पर्रोहा स्वास्थ्य चौकीमा एम।वि।वि।एस। डक्टर सहितको सेवा प्रारम्भ भइसकेकोले उक्त स्वास्थ्य चौकीलाई समयानुकूल उपकरण सहितको व्यवस्था मिलाइने नगरपालिकाको नीति तथा कार्यक्रममा छ । सोही स्थानमा सञ्चालित आँखा उपचार केन्द्रलाई पनि व्यवस्थित गरिने भएको छ । दुधराक्ष स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा ल्याइनेछ भने लुम्बिनी रण अम्बिका आँखा अस्पताल र नगरपालिकाको संयुक्त लगानीमा प्राथमिक आँखा उपचार केन्द्र निर्माण गरिने भएको छ । नगरपालिका, नेपाली सेना र स्थानीय समुदायस“गको सहकार्यमा यसै बर्ष सर्पदंश अस्पताल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ ।  सैनामैनाले हरियाली प्रवद्र्धनका लागि व्यापक वृक्षारोपण गर्ने, जडिबुटी खेतीमा प्रोत्साहन गर्ने र सरसफाईका लागि समुदायलाई नै परिचालन गर्नेखालका कार्यक्रमहरु सञ्चालन गर्नेभएको छ । नगरसभाको अध्यक्षता उपप्रमुख विना रानाले गर्नुभएको थियो ।

विभिन्न व्यक्तित्वहरु सम्मानित  निति तथा कार्यक्रममा उत्कृष्त कर दाता ,नगरका बिधालय तथा कर्माचारी सम्मानित भएका छन । कर दाताको तर्फबाट सैनामैना ३ पबित्रा थापा ,सैनामैना ३ की प्रमिला भटट्राई र सैनामैना १ की दणु घर्ति सम्मानित भएका हुन । सैनामैनाका सामुदायिक बिधालयका ५ जना शिक्षकहरुलाई सम्मानित गरिएको थियो । श्री परोहा मा।बिका धन बहादुर राना ,पशुपति मा।बिका हेमावती थापा, सैनामैना मा।बि का हरिराम पौडेल,जनचेतना मा।बिका केशवराज अर्याल,कालिका मा।बि का बाबुराम बस्याल लाई नगद २० हजार नगद प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्तै सैनामैना भित्रको उत्कृष्त हुन सफल बिधालय रामापुर मा।बि।लाई नगद ५ लाख अनुदान सहित सम्मनित गरेको छ ।  त्यस्तै सैनामैना नगरपालिकाका ३ जना कर्माचारीलाई नगर सभामा सम्मानित गरिएको थियो । सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी ,अधिकृत सन्त कुमार चौधरी र अमिन नरेन्द्र प्रसाद वलीलाई नगद २५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।