अवलोकन भ्रमणका लागि उपराष्ट्रपति पुन देवघाटमा

प्रकाशित मिति:

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन धार्मिक पर्यटकीय स्थल देवघाट पुगेका छन्। देवघाट क्षेत्रको अवलोकन भ्रमणका लागि उनी पत्नीसहित त्यहाँ पुगेका हुन्। चितवन तर्फबाट झोलुङ्गे पुल तरेर देवघाट पुगेका उनले देवघाटमा करिब दुई घन्टा बताएका थिए। उपराष्ट्रपति पुनले त्यहाँ विभिन्न आश्रम तथा धार्मिक क्षेत्रहरुको भ्रमण गरेका थिए।

उपर्राष्ट्रपतिलाई त्यहाँका विभिन्न आश्रमका पीठाधीश, गुरु तथा विद्यार्थीहरुले स्वागत गर्नुका साथै त्यहाँको धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा बताएका थिए। यसअघि उनी चितवनमा भएको अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रममा सहभागी भएका थिए।