पशुपालनमा रमाउदै पंगेनी, आम्दानी सोचे भन्दा राम्रो

२९ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
30 Shares


झविन्द्र भण्डारी
पछिल्लो समय धेरै युवाहरुको मोह बैदेशिक रोजगार बनिरहेको छ । केही युवा भने बैदेशिक रोजगार बाट फर्किएर आफ्नै पेशा ब्यवसाय सञ्चालन गरेर मनग्ये आम्दानी गरिरहेका हुन्छन । यस्तै मध्येका एक उदाहरणिय ब्यक्ति हुन तिलोत्तमा ८ भलवारी निवासी अनिल पंगेनी । २० वर्ष सम्म भारतको गुजरातमा एक कम्पनी म्यानेजरको ?पमा कार्यरत पंगेनीलाई जव नेपालमै केही गर्नु पर्छ भन्ने सोच आयो त्यसपछी २०६९ सालमा उनि आफ्नो परिवारको साथमा नेपाल आए ।
नेपालमा कृषि क्षेत्रको सम्भाबना राम्रो रहेको तर हामिले त्यसलाई बुझ्न नसकेर दिन प्रति दिन विदेश पलायन हुनुपरेको भन्दै उनले तिलोत्तमा ८ मा ३ विघा जग्गा १० वर्षको लागी लिजमा लिएर २०७० सालबाट के.पी. लाइभस्टोक फर्म सञ्चालनमा ल्याए । उनले अहिले २४ ठुला भैसी, १० बाख्रा, हास र कुखुरा पालिरहेका छन ।
पंगेनी भन्छन दुध बेचेर मात्र महिनाको लाख भन्दा बढि कमाइ हुन्छ । भैसि पाल्ने कृषक अहिलेको समयमा निकै कम छन । दुधको अत्याधिक माग छ । आफुले उत्पादन गरेको दुध आफ्नै डेरी मार्फत उपभोक्ता सम्म पु¥याउनाले पनि निकै फाइदा भएको उनको तर्क छ । उनले थपे कृषि क्षेत्रमा आधुनिकिकरण नहुदा र काम गर्ने मानिसको अभाब हुदा सु? सु?मा निकै चुनौती खेप्नु प¥यो तर अहिले त्यस्तो छैन ।
यो क्षेत्रमा लाग्दै गर्दा आफन्तले नै मलाई यतिका वर्ष ऐ.सी मा बसेर अब गोबर फाल्न सक्नु हुन्छ भनेर मजाक उडाउथे तर अहिले सबैको मुख बन्द भएको छ । आत्मबल, मेहनत र लगनशिलताका साथ अगाडी बढ्यो भने हरेक काम सहज पुर्वक गर्न सकिदो रहेछ ।
उनले अहिले ३, ४ जनालाई रोजगार समेत प्रदान गरेका छन । पशुपालन लगायत वर्षभरि का लागी खाद्यान्न उत्पादन गर्दै आत्मनिर्भर समेत बनेका छन । हामी सबै जनताले केही न केही खाद्यान्न मा आत्मनिर्भर हुन सकियो भने पनि देशलाई आर्थिक लाभ हुन सक्ने उनको भनाइ छ ।
सरकारले नेपाली युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने र सुलभ दरमा कर्जा उपलब्ध गराए मात्र कृषिका साथ साथै देशले पनि कृषिमा फड्को मार्न सक्ने पंगेनीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल