रेसम चौधरीको स्वास्थ्यवस्था गम्भीर, खुट्टामा बाँधेरै उपचार गराइँदै

प्रकाशित मिति:

काठमाडौँ –टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा जन्मकैद भोगिरहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भईरहेको छ । हाडजोर्नीमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाधेरै अस्पताल पुर्याईएको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।चौधरी लामोसमय अघिबाट हाडजोर्नीको समस्याबाट ग्रसित थिए । पछिल्लो समय आएर उनमा अझै धेरै समस्या देखिएपछि उनलाई १५ दिनदेखि वीर अस्पतालमै राखेर दैनिक थेरापी गराईदैछ । उनको शरिर नै कुप्रो परेपछि चौधीलाई हिजो बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको थियो ।

चौधरी गत बर्ष सम्मपन्न प्रतिनिधिसभाको चुनावमा भारी मतका साथ विजयी भएका थिए । उनी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् उनले त्यस क्षेत्रबाट ३४ हजार ३४१ मत ल्याएर चुनाव जितेका थिए । उनलाइलाई सपथग्रहणका लागि जेलबाट नै सिंहदरबार संसद भवनमा लगिएको थियो । २०७२ भदौ ७ गते टीकापुरमा सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनामा कैलाली जिल्ला अदालतले उनलाइ प्रमुख दोषी मानेको थियो । उनी १५ महिनादेखि डिल्लीबजार कारागारमा छन्छ ।

सामाजिक संंजालमा आलोचना

गम्भीर अवस्थामा रहेका चौधरीको उपचारको क्रममा पनि जेलले खुट्टामा बाँधेको भनेर सामाजिक संजालमा आलोचना भईरहेको छ । सांमाजिक संजालमा कसैले सकारात्मक त कसैले नकारात्मक टिप्पणी गरेका छन् । यद्यपि कारागार प्रशासनले भने भाग्ने संकाका कारण उनको उपचारमा पनि नेल बाँधिएको तर्क अघि सारेको छ ।

नेल बाँधेको बिषयमा कसैले चौधरी नरसंहरमा दोषी भएका काराण यस्तो अपराधीलाई नेल लागाएर उपचार गर्दा कुनै परक नपर्ने जनमत सामाजिक संजालमा पाईएको छ, भने कसैले प्रतक्ष जननिर्वाचित प्रतिनिधिलाइ खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेको पाईएको छ ।