इन्सेक र अन्यमानव अधिकार संस्था सर्लाही घटनाको तथ्य सङ्कलन गर्न प्रस्थान

प्रकाशित मिति:

बुटवल -नेत्रविक्रमचन्द’विप्लव’ नेतृत्वको नेकपा सर्लाहीजिल्लाइन्चार्ज ४७वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्यतथ्यबुझ्न एक टोली सर्लाही प्रस्थान गरेको इन्सेकले जनाएको छ ।

इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमामानवअधिकार संस्थाकाप्रतिनिधि सम्मिलित टोलीअसार ६ गते घटनास्थल प्रस्थान गरेको इन्सेकले असार ६ गते विज्ञप्ति मार्फत जनाएको हो ।लालबन्दीनगरपालिका–१ मा रहेको जङ्गलमादुई ओटा मोटरसाइकलमा रहेका चार जनाव्यक्तिले गस्तीमा रहेको प्रहरीमाथिगोली चलाएपछि जबाफीफायर गर्दा पौडलेको मृत्यु भएको र अन्यतीनजना फरार भएको प्रहरीले जनाएको थियो ।टोलीले विभिन्न माध्यमबाट सङ्कलन गरेको विवरणका आधारमा तयार पारिएको प्रतिवेदन केही समयभित्र सार्वजनिक गरिने पनि इन्सेकले जनाएको छ ।