बाहिरियो मनसम्हाल्न नसकिने घटना ,कुपिट गरी यातना दिएको आरोपमा सौतेनी आमा गिरफ्तार

प्रकाशित मिति:

रिमा बि सी -बुटवल /८ बर्षिय छोरी र १२ वर्षिय सौतेली छोराछोरीलाई कुटपिट गरी यातना दिएको आरोपमा प्रहरीले देवदह नपा–१० चरङ्गेका ३५ बर्षिय सौतेनी आमा डिलमाया सारुलाई असार ६ गते आरोपितको घर चरङ्गेबाटै गिरफ्तार गरेको छ ।आरोपितले पीडित छोराछोरीलाई सधै जसो पिटने यातना दिने गरेको र असार ५ गते पनि पाइपले कुटेर यातना दिएको र असार ६ गते विद्यालयमा झोक्राएर बसेपछि शिक्षकले सोध्दा र शरीमा हेर्दा निदै डामैडाम भएको शिक्षकले देखेपछि घटना बाहिर आएको हो ।

घटनाका विषयमा बालबालिकाले अध्ययन गर्ने विद्यालय श्री सीता माबि चरङ्गेका शिक्षक लेखनाथ थापाले बाबुलाई पहिला भन्दा फरक देखें । झोक्राएर बसेको देखेर सोधे बोलेनन् । के भयो किन सन्चो छैन र भनेर यसो धाप मारेको थिए ऐया मरे बाबा भने। सोध्दै गए अनि मम्मीले पिटेर भन्दै आँखाबाट बरर आँसु झारे । शरिरमा हेरे निल डामैडाम थिए । हातको नशा सुन्निएका थिए । नानीलाई पनि कक्षामा गएर सोधे नानीको शरिर भरी घाउँ देखेपछि स्कुलमा प्रध्यानाध्यापक लगायत सबैलाई सेयर गरें । नानीहरुको मम्मीलाई फोन गरेर नानीहरु सन्चो नभए जस्तो झोक्राएका छन भनेर सोधे,सुरुमा पिटेको कुरा गरिन् । स्कुलमा मिसहरुले कुटे होलान त्यही भएर होकी भन्ने जवाफ आयो त्यसपछि, स्थानीय टोल विकास संस्थाका सदस्यहरु,आमा समुह, सबैलाई खबर गरियो ।त्यहाँ पुग्दा अर्को रहस्य खुल्यो । आफुले खाना बनाएर खाने बच्चाहरुलाई नदिने सुत्न पनि बाहिर पीडिमा सुत्न लगाउने खान नदिने घरको सबै काम गर्न लगाउने र यातना पनि दिने गरेको बताए ।

पीडित बालबालिका अनुसार आरोपितले पीडित छोराछोरीहरुलाई सधैजसो कालो पाइपको लठ्ठीले कुटपिट गरेको, खानाखान नदिएको,खाना दिनमा एक पटक थोरै खान दिने गरेको, खाना दिंदा बङगुरलाई खुवाउन ल्याएको विग्रिएको व्रेड पानीसँग खाएको, कहिले चिउरा पानीसँग खाएर सुत्छौ, कहिले त चिउरामा रक्सी हालेर जवरजस्ती त्यसैसित खान लगाउनुहुन्छ नखाए पाइले पिटनुहुन्छ , गाउँका कसैसँग बोले दिनभरी घाममा उभ्याएर राख्नुहुन्छ पीडित बालबालिकाले इन्सेक कर्मीसँग आँखाभरी आँसु पार्दे भने ।आरोपितले पीडित बालबालिकालाई सधैजसो कुटपिट गर्ने गरेको र गाउँले र छिमेकीहरुले पटक पटक संझाउँदा समेत पिटे त मेरै छोराछोरी पिटे भनी गाउँले र छिमेकीसँग झगडा गर्दे आइरहेकोले स्थानीय आशा पुनले बताइन् । पिटेको देख्दा सहन नसकेर घरभित्र रुदै बस्ने गरेको बताइन् छिमेकी सीता थापाले भनिन सधै यस्तै यातना दिने हो केही बोले खाला जस्तो गर्छे । घटनाका विषयमा पटक पटक टोल समाजले पनि सम्झाइयो तर यसले उल्टा सुल्टा बोलेर सरमको मर्नु गर्छे, टोल विकास संस्थाका अध्यक्ष ओम बहादुर रानाले भने । उनले भने संझाउन जाँदा उल्टै फसाउछे की भन्ने डरलाग्छ त्यस कारण पनि सहेर बसियो । आज पनि किन यस्तो व्यवहार गरेको यी नानीहरुलाई भनेर संझाउँदा त उसले उल्टै धम्की दिइ र यहाँसम्म ल्याउनु परयो यस्ता निर्दहीलाई कारवाही गर्नुपर्छ ।पीडितकी आमा दुई वर्षको हुँदा छोडेर अर्के विवाह गरेपछि साना नानीहरु फुपु बसन्ती थापासँगै चरङ्गेमा बस्दै आएका थिए । दुई वर्ष अगाडी पीडितका बुवा जीत बहादुर सारुले डिलमायासँग दोस्रो विवाह गरेपछि उनीहरुलाई घरमा ल्याएका थिए । डिलमायाले जीतवहादुरसँग दोस्रो विवाह गरेकी थिइन् । उनले पनि २ सन्तानलाई छोडेर जीत बहादुरसँग विवाह गरेकी थिइन् । जीत बहादुर बैदेशिक रोजगारीका लागि दुवईमा गएका छन् । शारिरीक तथा मानसिक यातनाका कारण १२ वर्षिय सुशिल थारु र ८ वर्षिय श्रृजना सारु मानसिक रुपमा अस्वस्थ्य देखिन्छन् । उनीहरुले आँखाभरी आँसु झाँर्दे सौतेनी आमासँग हामी बस्दैनौ हामीलाई कुटेर मार्नुहुन्छ भन्छन् । हामी फुपुसँग बस्छौ ।घटनाका विषयमा ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बालबालिकालाई क्रुर यातना दिएको छ । त्यसका आरोपित सौतेनी आमालाई गिरफ्तार गरेरकारवाही प्रकृयामा अगाडी बढाइएको बताए । डिएसपी भट्टराईले घटना गंभिर भएकोले त्यसको विषयमा थप अनुसन्धान भैरहेको बताए ।पीडित बालबालिकाहरुको स्वास्थ्य परिक्षण असार ६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।