शैक्षिक प्रमाण–पत्र लिन रुख रोप्नुपर्ने नियम

प्रकाशित मिति:

एजेन्सी –फिलिपिन्समा विद्यार्थीहरुले सर्टिफिकेट अर्थात शैक्षिक प्रमाण–पत्र पाउन परीक्षा पास गरेर मात्र हुँदैन । त्यसका लागि एउटा विद्यार्थीले कम्तिमा १० वटा रुख रोप्नुपर्ने हुन्छ ।विश्वमै वनजंगलको क्षेत्रफल घटिरहेको छ । पर्यावरण जोगाउन चुनौति थपिंदै छ । यसलाई मध्यनजर गर्दै फिलिपिन्समा विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्न अनिवार्य रुपमा रुख रोप्नुपर्छ । एउटा विद्यार्थीले कम्तिमा १० वटा रुख रोप्नु पर्ने नियम बनाइएको छ ।

तीव्र वन विनाशका कारण देशको वनजंगल ७० प्रतिशतबाट २० प्रतिशतमा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको बताइएको छ । यो कानून लागू गरेसँगै देशमा एक वर्षमा साढे १७ करोड वृक्षारोपण गर्ने तथा ती विरुवा हुर्काउने योजना सरकारको छ ।यो नयाँ कानूनको नाम ग्राजुएसन लिगेसी फर द इन्भारोन्मेन्ट ऐन रहेको छ । फिलिपिन्सको संसदले सर्वसम्मतिले सो कानून पारित गरेको हो । यो नियम कलेजमा मात्र नभै प्राथमिक विद्यालय तथा हाइस्कुलहरुमा पनि लागू हुनेछ ।