भैरहवामा बन्यो साहित्यिक जमघट

प्रकाशित मिति:

भैरहवा-प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रीय समिति भैरहवाको आयोजनामा आज भैरहवमा साहित्य विधाको छन्दमय कविता वाचनबाट दिनभर गुञ्जयमान बनेको छ । नेपाल भरीका साहित्यकारको भेलाले छन्द सम्बन्धी कविता वाचन गरी साहित्यिक स्रष्टाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । नेपालको पूर्वी भाग, काठमाडौँ र सुदुरपश्चिम सम्मका साहित्यकारको जमघटले दिनभर छन्दमय बनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सिद्धार्थनगर नगरपालिका प्रमुख हरि अधिकारीले नेपाली भाषा साहित्यमा विचलन आएको बताए । नेपाली भाषा, कला र संस्कृतिको संरक्षणको लागि सबै नेपाली एकजुट भएर लाग्नु पर्ने अधिकारीले बताए ।कार्यक्रमका विशिष्ट अतिथी मोदनाथ प्रश्रितले नेपाली भाषामा विदेशी दलालहरुले हस्तक्षेप गरेको बताउँदै नेपाली भाषामा कोही कसैले पूर्वाग्रही गरेर परिवर्तन गर्न खोजेको र त्यो सम्भव नहुने बतए । नेपाली भाषा र कलाको संरक्षणमा राज्य पक्षले गम्भीर भएर सोँच्ने बेला भएको प्रश्रितले बताए ।

कार्यक्रमको अवसरमा प्रश्रित काव्य सम्मानबाट देशका विभिन्न जिल्लामा रहेर साहित्यमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा डाक्टर रमेश घिमिरे धरान, लेखनाथ घिमिरे इटहरी, रमेन्द्र कोइराला इनरुवा, लीला सिलवान इनरुवा, देवीचन्द्र भण्डारी झापा, सोमनाथ अर्याल पाल्पा, ऋषिराम भुसाल तिलोत्तमा, प्रा।डा। हिरण्यलाल ज्ञवाली बुटवलबाट रहेका थिए भने प्रश्रित शोधसम्मान दीपक गलामी लाई प्रदान गरिएको थियो ।सम्मानित व्यक्तिलाई सम्मानपत्र, दोसल्ला, टिका र मालाले सम्मान गरिएको थियो ।
त्यस्तै छन्द कविता वाचन तथा मन्तव्य राख्नेहरुमा रमेश समर्थन, देवीचन्द्र भण्डारी, हिरालाल धामी, रुद्रज्ञवाली, तेज प्रसाद पन्थ, सिर्जना खनाल, पुनहरि बेल्बासे, टंक पन्थ, हृदय लेकाली, युवराज खनाल, मोहन मरासिनी, रमेन्द्र कोइराला, डमरुबल्लभ भण्डारी, ऋषीराम भूसाल, त्रिलोकनारायण सिंह, देवी न्यौपाने र लक्ष्मी प्रसाद अधिकारी रहेका छन् ।
कार्यक्रमको सञ्चालन शालीकराम पौड्याल र स्वागत मन्तव्य प्रा।डा। गितु गिरीले गरेका थिए ।

प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रिय समितिको अध्यक्षमा पुनः लामिछाने

प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रिय समितिको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनले पुनः प्रा।डा। कपिलदेव लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा प्रा।डा। गितु गिरी, महासचिवमा शालिकराम पौड्याल, कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ, सदस्यहरुमा डिल्लीराज भट्टराई, कृष्ण प्रसाद बस्याल, राम प्रसाद अर्याल, तिलक लामिछाने, डा। नारायण पन्थ, सिता काफ्ले र तिलक भूसाल रहेका छन् ।सातौँ साधारण सभामा प्रा।डा। कपिलदेव लामिछानेले अध्यक्षको मन्तव्य, शालिकराम पौड्यालले महासचिवको मन्तव्य र रामबहादुर श्रेष्ठले संस्थाको आय व्ययको बारेमा प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन डिल्लीराज भट्टराईले गर्नुभएको थियो ।