बाल क्लबलाई खेलकुद सामाग्री वितरण

प्रकाशित मिति:

सैनामैना –सैनामैना नगरपालिपालिका वडा नं. ९ मा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका ८ वटा वाल क्लबहरुलाई वडाले शनिबार एक कार्यक्रमको आयोजना गरी खेलकुद सामाग्री वितरण गरेको हो । सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डोलराज भण्डारीले बालवालिकालाई खेलकुद क्षेत्रमा अगाडी वढाउँनको लागि खेलकुद सामाग्री वितरण गरेको बताए ।

वाँसगढि , भड्सी , संगम , पिपल डाँडा , जनज्योती , सहमती ,भरैया , समृद्धि बाल क्लबलाई वडाले खेलकुद सामाग्री विरण गरेको उनले जानकारी दिए । बालबालिकालाई खेलकुदमा हौंसला प्रदान गर्नको लागि सामाग्री प्रदान गरिएको पौडेलले जनाए । कार्यक्रममा क्रिकेट बल , ब्याट , भलिबल ,जाली क्लबलाई वितरण गरिएको थियो । खेलकुद सामाग्री पाएपछि बाल क्लबका विद्यार्थीहरु खुशी भएका थिए । शिक्षा सँगै बालबालिकालाई खेलकुदको समेत आवश्यकता रहेको बालवालिकाले बताएका छन । वडा सदस्य बन्दना विक अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बासँगढि टोल विकास संस्थाका अध्यक्ष धर्मराज आचार्य , वडा स्तरिय बाल क्लबका अध्यक्ष दिक्षा परियार , वडा सदस्य कमला चौधरी , सिता पौडेल , कविता राना लगायतले कार्यक्रममा बोलेका थिए ।