अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग रिट्रिट कार्यक्रमको शुभारम्भ

प्रकाशित मिति:

बुटवल-ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयएवं राजयोग प्रशिक्षण केन्द्र नेपालले अन्तर्राष्ट्रिय योग दिवसको अवशर पारेर ग्लोबल पिस रिट्रिट सेन्टर बुटवल १२ ढवाहामा ४ दिवसीय केन्द्रीयवार्षिक बैठक तथा योग रिट्रिट कार्यक्रमको शुभारम्भ गरेको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयनेपालकीअध्यक्षतथानिर्देशक राजयोगिनीब्रह्माकुमारी परिनीतादिदी, वरीष्ठ उपाध्यक्षतथा सह निर्देशक राजयोगिनीब्रह्माकुमारी कमलादिदी, उपनिर्देशक राजयोगिनीब्रह्माकुमारी दुर्गा दिदी, महासचिव शैलेषराज बराललगायतको उपस्थितिमा सामुहिक रुपमा पानसमा दिपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको उक्तकार्यक्रमको अध्यक्षता संस्थाकीअध्यक्ष ब्र.कु. परिनीतादिदीले गर्नु भएको छ ।

सै सन्दर्भमा संस्थाले स्थानिय, क्षेत्रीयतथा राष्ट्रिय स्तरमामूल्यशिक्षातथायोग रिट्रिट संचालन सम्बन्धमाविविधभावी योजनाहरु तय गर्नेछ । उक्तकार्यक्रममा नेपालकाविभिन्न जिल्लाहरुबाट २५० बढी प्रतिनिधीहरुको सहभागिता रहेको सो कार्यक्रममाविभिन्न क्षेत्र एवं सेवा स्थानको कार्य प्रगतिविवरण एवम् भावी योजनावारे विशेष गहन रुपमा छलफल गरिने छ । यसै बीच संस्थाका क्षेत्रीय सचिवतथाग्लोबल पिस रिट्रिट सेन्टरकानिर्देशक राजयोगी ब्र.कु. नारायण (नरेन्द्र) को स्वागत मन्तव्यबाट शुरु भएको उक्तकार्यक्रममासंस्थाकीअध्यक्ष ब्र.कु.परिनीतादिदीले केवलव्याक्तिलाई मात्रनभएर समग्र मानवआत्माहरुलाई मूल्यशिक्षा र योग रिट्रिटले शारिरीकतथामानसीक रुपमा सशक्तबनाउने कुरामाप्रकाशपार्नु भएको थियो । उक्तअवशरमा वरीष्ठ अध्यक्षतथा सह निर्देशक ब्र.कु. कमलादिदी, उपनिर्देशक ब्र.कु. दुर्गा दिदी, गीतादिदी सीमादिदी, बनारस बाट पाल्नु भएका राजयोगीदिपेन्द्र अधिकारी लगायतले शुभकामनामन्तव्य राख्नु भएको थियो ।