भन्सार छलेर ल्याएका कपडा नागढुङ्गाबाट बरामद

प्रकाशित मिति:

काठमाडौँ -भन्सार छली गरी ल्याउँदै गरेको कपडा नागढुङ्गाबाट बरामत गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटले दुईवटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जनाएको हो । “सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेको वृत्तले जनाएको छ ।प्रहरीले एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो ।