ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

प्रकाशित मिति:

सप्तरी -ट्रकसंग मोटरसाइकल ठोक्किादा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेल रहेका छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घोंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको हो ।

पश्चिमदिशाबाट पूर्वतर्फ जाँदै गरेको ना।१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग विपरीत दिशातर्फ आउँदै गरेको बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएको थियो ।