काठमाडौंसंगै देशका विभिन् स्थानहरूमा वर्षा सुरु

प्रकाशित मिति:

काठमाडौं –काठमाडौं संगै देशका विभिन् स्थानहरूमा वर्षा सुरु भएको छ । वर्षाका कारण काठमाडौंको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै सुरु भएको मनसुन शनिबार मध्यक्षेत्रसम्म आइपुगेको हो।

पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको महाशाखाले जनाएको छ। मौसमविद् शान्ति कँडेलले अबको एक दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने बताइन् ।आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।