रोटरी क्लब अफ बुटवलको वार्षिक कार्ययोजना तयार

प्रकाशित मिति:

बुुटवल – रोटरी क्लब अफ बुटवलको वर्ष २०१९÷०२० को पहिलो क्लब एसेम्ब्ली तथा १२६५औ नियमित वैठक सनिवार बुटवलमा सम्पन्न भएको छ ।रोटरी क्लब अफ बुटवलका अध्यक्ष डा नारायण प्रसाद पन्थको अध्यक्षता आर आई डिष्ट्रिक जोन १९का एजी कृष्ण प्रसाद अर्यालको प्रमुख आतिथ्यता वर्ष २०१९÷२०का जोन १९का एजी एजाज आलमको विशिष्ट आतिथ्यतामा , प्रेसिडेन्सियल काउन्सिल का अध्यक्ष बिन्द्याकेशर जोशी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा वार्षिक कार्य योजना र वजेटको विषयमा छलफल भएको थियो ।

रोटरी क्लब अफ बुटवलका वर्ष २०१९÷२०का अध्यक्ष डिल्ली कुमार श्रेष्ठले अनुमानित आय व्यय प्रस्तुत गर्नु भएको थियो भने । अध्यक्षले तयार गरेको वार्षिक कार्य योजनाको विषयमा सचिव रोमनाथ शर्माले प्रस्तुत गर्नु भएको थियो ।आगामी वर्षको वजेट तथा प्लान अफ एक्सन सुझाव सहित अनुमोदन भएको क्लबका सचिव दया भण्डारीले जानकारी दिनुभयो । पहिलो क्लब एसेम्ब्लीले कमिटि चेयर र कमिटि मेम्वरलाई समेत अनुमोदन गरेकोछ ।