पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग सहित विप्लब माओवादीद्धारा नेपाल बन्द

प्रकाशित मिति:

विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दले रुपन्देही सहित देशभरको जनजिवन प्रभाबित भएको छ । बन्दलाई मध्यनजर गर्दै बिहानैदेखि चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सो पार्टिका नेता खड्ग वहादुर विक प्रकाण्ड सहितका नेता कार्यकर्ताहरुलाई विना कारण पक्राउ गरिएको भन्दै बन्द गरेको जनाएको छ ।
नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मालाई प्रहरीले चन्दा असुलीमा सम्लग्न रहेको भन्दै पक्राउ गरि कारवाही प्रत्रmिया अघि बढाएको छ ।
यता बुटवलका चोक चौकमा सयौ सवारी सधनहरु सडकमा अलपत्र परेका छन् । गन्तव्यमा निश्किएका सवारी साधनहरुलाई प्रहरीले नै रोकेपछि उनिहरु अलपत्र परेका हुन् । यसैविच नेकपा माओबादी बिप्लव समूहले आब्हान गरेको नेपाल बन्दको पूर्ब सन्ध्यामा हिजो राती बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ ।
बिष्फोटबाट क्याम्पको सौचालयमा क्षति भएको छ ।
ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल बहादुर मल्लले घटनाको पुष्टि गर्दै सौचालयमा धेरै क्षति भएपनि मानबिवय क्षति नभएको बताए ।
बिष्फोटको आवाज बुटवलको बजारसम्म फैलिएको स्थानीयले बताए ।डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए ।आफ्ना नेताहरु पक्राउ परेको भन्दै मंगलबार माओबादी बिप्लब समूहले बन्द आव्हान गरेको छ ।

उता रुपन्देहीको सैनामैनामा एका विहानै शंकास्पद वस्तु फेला परेको छ ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो ।ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याललका अनुसार विहान ४.४५ वजे उक्त शंकास्पद वस्तु भेटिएपछि अनुशन्धन भैरहेको छ । नेत्रविक्रम चन्द विप्लप नेकपाले आज नेपाल बन्दको आब्हान गरेको हुदा बन्दलाई लक्षित गरि उक्त बस्तु राखीएको हुन सक्ने अनुमान गरिएको छ ।

यता नेकपा माओवादी (विप्लप) समुहले गरेको नेपाल बन्दको कारण विहानै देखि अर्घाखाँचीको जनजीवन प्रभावित वनेको छ ।
विहानै देखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन । बजार, उद्योग धन्दा , तथा शिक्षण सस्था पुर्ण रुपमा ठप्प रहेका छन । बजारमा बन्द कर्ता देखिएका छैनन । बन्द कर्ता नदेखिएपनि बन्दको प्रभाव पुर्ण रुपमा परेको छ ।