दुब्र्यशनी विरुद्ध सचेतना , ६ जिल्लामा प्रशिक्षक तयार गरीने

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलवस्तु – युवा तथा खेलकुद महाशाखा प्रदेश नं. ५ ले ६ जिल्लाका युवाहरुलाई दुव्र्यशनी विरुद्ध सचतेना तालिम प्रदान गर्ने भएको छ । प्रदेशका लागु औषधको जोखिम रहेका ६ जिल्लाका स्थानिय तहका युवाहरुलाई सचेत गराई लागु पदार्थ दुव्र्यशनी न्युनीकरण गर्ने वताईएको छ ।

शनीवार कपिलवस्तुका युवाहरुलाई तालिम दिदै महाशाखा प्रमुख उप सचिव सुर्य प्रसाद भुसालले हरेक स्थानिय तहमा ३ देखी ६ यवा लागु औषध दुव्र्यशनी न्युनिकरणका प्रशिक्षकको रुपमा उत्पादन गरीने वताएको छ । जिल्लाको गोरुसिंगे संचालित २ दिने कार्यक्रममा लागु औषध विरुद्ध अभियान प्रदेश नं. ५ अभियन्ता वसन्त पुन, भाषा संस्कृत विज्ञ तथा उप प्राध्यापक सुन्दर गौतम, प्रहरी सहायक निरीक्षक नेत्र प्रसाद पन्थीले सहजीकरण गरेको बताएको छ ।

कार्यक्रममा नगरपालिका बाट ६ जना र गाउ पालिका वाट ३ जना युवा प्रशिक्षक तयार गर्ने भुसालले वताउएका छन् । युवा जन शक्ति प्रयोग गरी युवाको दुव्र्यशनी न्युनिकरणका लागी आगामी आर्थिक वर्षमा थप कार्यक्रमहरु संचालन गर्ने वताईएको छ । युवा परामर्श तथा दुव्र्यशनी विरुद्धको सचेतना कार्यक्रम नाम दिईएको सो तालिम रुपन्देही र कपिलवस्तुमा सम्पन्न भएको छ । वाकी ४ जिल्लामा असार सम्ममा सम्पन्न हुने बताएको छ ।