मर्जर भएपछि वुद्धभुमी साना किसान प्रदेशकै ठुलो सहकारी वन्यो 

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलवस्तु ७ असार -कपिलवस्तुका दुई ठुला सहकारी आज बाट एकिकरण भएका छन । बुद्धभुमी नगरपालिका ९ को वरकुलपुर साना किसान कृषी सहकारी र बडा नं. ४ को वुड्ढी साना किसान कृषी सहकारी मर्जर पछी साना किसान कृषी सहकारी वुद्धभुमी वनेको बताएको छ । मर्जर पछी प्रदेश नं. ५ कै सवै भन्दा ठुलो साना किसान सहकारी वनेको बताएको छ ।

साना किसान विकास वैकका केन्दी्रय अध्यक्ष खेम वहादुर पाठकका अनुसार वुद्धभुमी साना किसान नेपालको दोेस्रो ठुलो सहकारी वनेको पुष्टी भएको बताएका छन् । साबिक वरकुलपुर गाविसमा २०४४ सालमा आयोजना अन्र्तगत सचालन रहेको साना किसान ५६ सालमा समुदायमा हस्तान्तरण भएको थियो  ,एकिकरण कार्यक्रममा वोल्दै सामाजिक विकास समिती प्रदेश नं. ५ का सभापती दिर्ग नारायण पाण्डेले मर्जर पछी सहकारीले कृषीमा आधुनिकिकरण गरीने खालका कृयाकलापमा जोड दिनु पर्ने वताएका थिए । कृषी उत्पादनमा सवै प्रदेश मध्ये प्रदेश नं ५ पुछारमा रहेकोले सहकारीले कृषी विकासमा टेवा पुराउनु पर्ने वताएका छन् । प्रदेश सरकारले कृषीमा आधुनिकिकरणका लागी आउने आर्थिक वर्षका लागी कृषीका लागी अनुदान को व्यवस्था गरेको पाण्डेले वताए ।

कार्यक्रमा दुई संस्थालाई एकिकरण भएको वुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले घोषणा गरेका छन् । मेयर क्षेष्ठले अब नगरबासिहरुको लागी सबै वडामा साना किसान कृषी सहकारी वुद्धभुमी ले किशानको लागी हित हुने खाले कार्यक्रहरु लिएर जानुप्रर्ने बताएका छन् । कार्यक्रममा देविराम खनाल, साना किसान विकास वैकका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द भट्टराई, ले सफलताको शुभकामना दिएका थिए ।  समुदायमा साना किसानलाई सहुलियत कर्जा प्रदान गर्न २०३२ साल कृषी विकास वैंकलेले साना किसान आयोजना संचालन गरेको थियो । २०४५ सालमा समुदायमा हस्तान्तरण गर्ने सोच अनुसार २०५० सालमा सहकारीको रुपमा समुदायमा हस्तान्तरण गरीएको थियो । सुरुमा २१० साना किसान समुदायमा हस्तान्तरण गरीएको थियो । हाल ४५० स्थानिय तहमा ९०२ साना किसान कृषी सहकारी संस्था संचालित रहेको बताएको छ ।