लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित मिति:

तनहुँ-तनहुँको आँबुखैरेनी गाँउपालिकाको वडा नं २ र ३ को सिमानाबाट लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा आँबखैरेनी गाँउपालिका वडा नं २ मा बस्ने ३० वर्षीय जीवन थापा मगर र २७ वर्षीय सुमन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

पक्राउ पर्नेहरुको साथमा डाईजेपाम सिसि ९० एम्पुल, फेनरागन सिसि ९० एम्पुल र नुफिन सिसि ९० एम्पुल, अल्कोहल स्वब १०० पिस, प्रयोग नगरेको सिरिन्ज १५, र लागु औषध बाध्न प्रयोग गरेको कालो टेप थान १ बरामद भएको प्रहरी लामिछानेले जानकारी दिए ।उनीहरुविरुद्ध लागुऔषध मुद्धामा चलाउनको लागि जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ