महल नै किन चाहियो र

प्रकाशित मिति:

महल नै किन चाहियो र
सानो एउटा घर होस।
छेउछाउमा लालावाला अनि
मनकारी एउटा वर होस।।
सॉझ बिहान आगँनीमा
चराचुरुड़गीको भर होस।
झ्याल ढोका खुल्लै रहे नी
ब्यॉसाहरुको निडर होस।।
पिढी भरी आफन्तको
सुख: दुखमा लहर होस।
सम्पन्नता नै किन चाहियो र
मनमा जिउँदो रहर होस।।
राधा अर्याल वालिङ्ग,  स्याङ्गजा, नेपाल हाल क्यानाडा