नियम उल्लंघन गर्नेमाथि नजर राख्न ट्राफिक व्यवस्थापनमा उत्रिए युवा

प्रकाशित मिति:

बुटवल – आज तिलोत्तमा नगरपालिकामा एकाएक ५० जना युवाहरु सडकमा उत्रिए । अनि, सिद्यार्थ राजमार्गमा अन्तर्गतका योगिकुटी, शंकरनगर र ड्राईभरटो्लमा बाँडिएर सडकमा गुड्ने सबै प्रकारका सवारी तथा पैदलयात्रुमाथि नजर लगाउन थाले ।उनिहरु मध्य केहीले आकाशे पुल बनिसकेपछि पनि सडकबाटै जथाभावी बाटो काट्ने पैदलयात्रुलाई समातेर आकाशे पुलबाटै बाटो काट्न लगाए भने केही पार्किङ गर्न नमिल्ने स्थानमा पार्क गरिरहेका सवारीका चालकलाई सम्झाउँदैं थिए ।

एकाविहानै सडकमा सवारी साधन र पैदलयात्रुहरुलाई ट्राफिक नियम सिकाउने यी युवाहरु नमस्ते नेपालका सदस्यहरु हन् । सधैं जस्तै संस्थाले गर्ने सामाजिक काम अन्तर्गत शनिबार तिलोत्तमामा गरिएको यो काम संस्थाले गर्दै आईरेहको अर्को शृंखला हो । संस्थामा आवद्ध तथा स्वतः स्फूर्त ढंगले सहभागि भएका ५० जना युवाहरुले सडकमा गुड्ने सवारी र हिड्ने पैदलयात्रुहलाई ट्राफिक नियमबारे सचेत गराएका थिए ।केही पैदलयात्रुहरुले नियमबारे थापा पाउँदा पाउँदैं समेत बिचबाट बाटो काटिरहेको देखेर दिक्दार देखिएका संस्थाका अध्यक्ष अर्जुन खरेलले भने,‘के गर्नु हुँदैंन भन्ने सबैलाई थाहा छ, तर व्यवहारीक रुपमा भने पालना गर्दैनन् । समस्याको जड यहीं हो ।’

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमूख बासुदेव घिमिरेले संस्थाले गर्दै आएका सामाजिककामहरुलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले संस्थालाई यस्ता सामाजिक कामहरुलाई निरन्तरतादिन आग्रह समेत गरे । सडकमा परिचालित स्वयंसेवकहरुलाई हेम केशीले ट्राफिक व्यवस्थापन बारे प्रशिक्षण गरेका थिए । औपचारिक कार्यक्रमको संचालन संस्थाका सदस्य निराजन खरेलले गरेका थिए ।