अमेरिकामा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी -अमेरिकामा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । विमान अमेरिकाको हवाईको ओआहु टापुमा भएको हो ।अधिकारीहरुका अनुसार दुर्घटना भएको उक्त यात्रुवाहक विमानमा रहेका सबै जना मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेर मृत्यु हुनेहरु प्रति हवाईको यातायात विभागले ट्वीटरमार्फत् दुःख व्यक्त गरेको छ।

विमान पुरै जलेर नष्ट भएको जनाइएको छ ।