एजेन्सी -अभिनेता द्वय अमिताभ बच्चन र आयुष्मान खुरानाको नयाँ फिल्म ‘गुलाबो सिताबो’ छायांकन सुरु भएसँगै चर्चामा छ । हाल फिल्मको टिम लखनऊ पुगेर धमाधम छायांकन गरिरहेको छ । यसबीच, फिल्मको सेटबाट अमिताभको फर्स्टलुक बाहिर आएको छ । उनको लुक्स जबरजस्त छ । उनलाई सजिलै चिन्न निकै गाह्रो हुन्छ ।
निर्देशक शूजित सरकारले आयुष्मान खुराना र अमिताभ बच्चनलाई लिएर कमेडी फिल्म बनाउन लागेका हुन् । अमिताभको फर्स्टलुक रिलिज भएसँगै फिल्मलाई लिएर दर्शकमा उत्सुकता बढेको छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तश्विरमा अमिताभ बृद्धको गेटअपमा देखिएका छन् । नको लुक्स यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । र, दर्शकले निकै रुचाएका पनि छन् । २४ अप्रिल २०२० मा रिलिज हुने फिल्मको कथा जूही चतुर्वेदीले लेखेका हुन् । फिल्ममा अमिताभले एक घरको मालिकको भूमिका निभाएका छन् । आयुष्मान त्यही घरमा भाडामा बस्ने युवकको भूमिकामा छन् ।
आयुष्मान खुरानाले यो फिल्मभन्दा पहिला शूजित सरकारसँग फिल्म ुविक्की डोनरु मा काम गरेका थिए । अमिताभ बच्चन र शूजितको भने पीकूु जस्तो सफल फिल्ममा सहकार्य भएको थियो । अमिताभ र आयुष्मानले भने पहिलो पटक ‘गुलाबो सिताबो’ मा काम गरेका हुन् । दुईलाई पर्दामा हेर्न दर्शक निकै आतुर छन् ।