सात तालिबान लडाकू मारिए

प्रकाशित मिति:

काठमाडौं– अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन्।

अफगान सेनाले शनिबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ। शुक्रबार साँझ सो प्रान्तको डेचोपान जिल्लामा अफगान सुरक्षा बल र तालिबान लडाकूबीच भएको झपडमा सात लडाकूको मारिनुको साथै अन्य १३ घाइते भएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ। यस कारबाहीको क्रममा सुरक्षा बलले लडाकू समूहको हातहतियार र मोटरसाइकलहरु पनि कब्जा लिएको बताइएको छ। यस कारबाहीमा सुरक्षा बलतर्फ भने कुनै मानवीय क्षति नभएको बताइएको छ।यस कारबाहीको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन्।