‘रइस’ निर्देशकको फिल्ममा पत्रकार बन्दै कृती

प्रकाशित मिति:

एजेन्सी -बलिउड नायिका कृती सेननले बलिउडमा प्रवेश गरेको ५ वर्ष बढी भइसकेको छ । उनले सन् २०१४ मा बलिउडमा डेब्यु गरेकी थिइन् । छोटो समयमा नै कृतिले आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनको स्टारडम पनि देखिन थालेको छ । उनको हातमा चलचित्रको कुनै अभाव छैन ।

यस्तैमा उनले नयाँ चलचित्र साइन गरेको खबर छ । बलिउड नायक साहरुख खानस्टारर चलचित्र ‘रइश’का निर्देशक राहुल ढोलाकियाको निर्देशनमा बन्ने चलचित्रका लागि कृती पक्का भएकी हुन् । निर्माण युनिट र कृतीविच लिखित संझौता भैसकेको छ ।वास्तविक जीवन कथामा निर्माण हुने यो चलचित्रमा कृतीले पत्रकारको भूमिका निर्वाह गर्ने भारतीय मिडियामा उल्लेख छ । अगस्टबाट छायांकनमा जाने भनिएको यो चलचित्रको हालसम्म नाम भने तय गरिएको छैन । चलचित्र थ्रिलर जनरामा निर्माण हुनेछ ।

चलचित्रको बारेमा बोल्दै कृतीले भनेकी छिन्–‘मैले यो प्रकारको चलचित्रलाई लामो समयदेखि कुरिरहेको थिएँ । आज आएर सोचेको जस्तो क्यारेक्टरमा काम गर्न पाएको छु । निकै खुसी लागेको छ ।’ चलचित्रको बिषयमा विश्वस्त भएकी कृती चलचित्र रमाइलो बन्ने कुरामा दावी गर्छिन् ।