सैनामैनामा बसको ठक्करले मोटरसाइकलमा सवार दुईको घट्नास्थलमै मृत्यू

८ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल –रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न।६ कलौनीमा गयराति करिब १२ः३० बजेको समयमा महेन्द्रनगरबाट काठमान्डौ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लाग्यो र मोटरसाइकलमा सवार अन्दाजि २०–२५ वर्षका दुुई युवकहरु जल्दा उनीहरुको पहिचान समेत हुन सकेको छैन्”।मृतक दुवै जनालाई पोष्टमार्टमका लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ ।घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश