आज भारी वर्षा हुने सम्भावना, बाढीपहिरोबाट सतर्क रहन आग्रह

प्रकाशित मिति:

काठमाडौँ -आइतबार देशका अधिकांस ठाँउमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको महाशाखाले जनाएको हो ।

त्यस्तै देशका अन्य केही मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम अझैँ २ दिन रहने भएको छ ।पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । यसबीच भारी वर्षाले कतिपय ठाउँमा बाढीपहिरोसमेत जान सक्ने सम्भावना रहेको कारण सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।

बेलुकी पखसमेत देशको पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभाग हरुमा हिमपातको सम्भावना समेत रहेको छ ।उच्च हिमाली भूभागहरुको थोरै स्थानहरुमा हिमपात हुनसक्ने भएका कारण सो क्षेत्रमा सावधानी अपनाउनु पर्नेछ ।पश्चिम पोखरा, सुर्खेतलगयात, मध्य काठमाडौंलगायत तथा पूर्व धनकुटालगायत क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको मौमस पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । बिहीबार पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन सक्रिय बन्दै गएपछि वर्षा सुरु भएको हो। मौसमविद् कँडेलका अनुसार मनसुनी प्रणाली पूर्वबाट मध्य हुँदै पश्चिमसम्म फैलने क्रममा छ।