कैलालीमा १३ वर्षीया बालिका बलात्कृत, ३ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं – १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी बस्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ३ जनालाई शनिबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१५, उर्मागाउँ बस्ने २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय विजय चौधरी र सोही उपमहानगरपालिका–७, मनोहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन्।

बालिकालाई फकाएर से१प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो। – नेपाललाइभ