सैनामैनामा बसको ठक्करबाट मृत्यु भएका दुई जनाको भयो सनाखत

प्रकाशित मिति:

बुटवल – रुपन्देहीको सैनामैनामा गएराति बसको ठक्करबाट मृत्युभएका मोटरसाइकलमा सवार दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दाङको लमहि नगरपालिका बस्ने वर्ष २६ को मानबहादुर चौधरी र वर्ष २७ का कासिराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.६ कलौनीमा गयराति करिब १२ः३० बजेको समयमा महेन्द्रनगरबाट काठमान्डौ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
मृतक दुवै जनालाई पोष्टमार्टमका लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।