२ दिने उन्नत जाततको केरा खेती सम्बन्धी तालिम सुरु

प्रकाशित मिति:

नवलपरासी -उन्नत जात केरा खेती उपभोक्ता समिति प्रतापपुर ६ को आायेजना तथा प्रतापपुर गाउपालिका वडा नम्बर ६ को सहयोगमा आइतबारदेखी २ दिने उन्नत जाततको केरा खेती सम्बन्धी तालिम वडा नम्बर ६ मा सुरु भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष जगलाल गुप्ताको अध्यक्षता तथा प्रतापपुर वडा नम्बर ६ का वडाध्यक्ष रामहरि उपाध्यायको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा वडा नम्बर ८ का वडाध्यक्ष कादिर अलि अंसारी, वडा सदस्य तथा गाउपालिका कार्यपालिका सदस्य सहिदुनेशा, स्थानिय समाजसेवी केशव प्रसाद अधिकारी, गेदी प्रसाद हरिजन लगाएत सञ्चारकर्मीको उपस्थिती रहेको थियो भने केशव प्रसाद अधिकारी, कादिर अलि अंसारी, रामहर उपाध्याय, जगलाल गुप्ता लगाएतले मन्तब्य राख्नुभएको थियो ।सो अवसरमा वडत्तत्ता नम्बर ६ का करिब ५० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक रामनगिना गुप्ताले सहजिकरण गरिरहनुभएको छ । समाजसेवी तुलसी प्रसाद उपाध्यायको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्मको सञ्चालन समाजसेवी युवराज अधिकारीले गर्नुभएको थियो ।