१५ दिने गुडिया बनाउने तालिम सुरु

प्रकाशित मिति:

नवलपरासी-संगम किशोरी समुह सुस्ता १ सिङ्गहा पश्चिम नवलपरासीको आयोजनामा १५ दिने गुडिया बनाउने तालिम आइतबार देखी सुरु भएको छ । समुहकी अध्यक्ष आरति कुमारी पजिंयारको अध्यक्षता तथा सुस्ता वडा नम्बर १ का वडाध्यक्ष अशोक कुमार चौधरीको प्रमुख आतिथयता एवं सुस्ता वडा नम्बर १ की वडा सदस्य राजकुमारी गुरौको विशेष आतिथ्यतामा सुरु भएको तालिममा बोल्दै प्रमुख अतिथि चौधरीले यस्ता तालिमले किशोरीहरुको ब्यक्तित्व विकास हुनुका साथै जिविकोपार्जनको पनि बाटो खुलने बताउदै आजको युगमा किशोरीहरुलाई पनि विभिन्न तालिमहरुमा सहभागि गराई अगाडी बढाउन पर्ने जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा अतिथिहरु समाजसेवी जितेन्द्र कुमार चौधरी, जनार्दन चौधरी, तारा देखी गुरौँ, लक्ष्मी चौधरी, समाजसेवी, बुद्धिजिवी, विभिन्न संघ सस्थाका प्रतिनिधि लगाएतको उपस्थिती रहेको तालिममा वडा नम्बर १ का २५ जनाको सहभागिता रहेको छ भने तालिममा प्रशिक्षक पुन चौधरीले प्रशिक्षण दिइरहनुभएको छ । समुहकी सदस्य पर्मिला चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी दुर्गा चौधरीले गर्नुभएको थियो ।