नेपाल कम्युनिष्ट पार्टी नेकपाको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

प्रकाशित मिति:

केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो ।

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने।क।पा। राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण काम गरेको बताउँदै आएका छन् । सत्तासिन दलको कामलाई प्रोत्साहन हुने गरी सञ्चार माध्यमले पनि समाचार सम्प्रेषण गरिरहेको गुनासो कट्टेलको गुनासो छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध निर्वाचन आयोगमा उजुरी सरहको निवेदन पेश गरेको कट्टेलले जानकारी दिए ।