जनकल्याणद्धारा रणनितिक व्यवासायीक योजना निमार्ण

प्रकाशित मिति:

शान्ति तिवारी,नवलपरासी /जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडले पाच वर्षे रणनितिक व्यवासायीक योजना निमार्ण गरेको छ । समुन्नत समाजका लागी व्यवसायीकता र आत्मनिर्भरता सहितको उत्कृष्ट सहकारी सस्था को परिकल्पना गर्दै आगामी पाच वर्षमा करीव दुई सय प्रतिशतले वृद्धि गरी नेपाल स्तरको प्रोवेशन र एसिया स्तरको एक्सेस ब्राण्ड लिने लक्ष्य लिएको सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले बताउनु भयो ।

सहकारीले करीव १२ हजार सदस्य सहित १ अर्व २० करोडको पुजिं संकलन गरी परीचालन गर्ने दृढ लक्ष्य राखिएको सकोसका कोषध्यक्ष विमल चन्द्र घिमिरेले जानकारी दिनु भयो । कार्यशालामा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगममा जनकल्याणका पूर्व अध्यक्ष, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र कर्मचारी गरी २५ जनाको संलग्नतामा योजना निमार्ण गरीएको छ । नेफ्स्कुनको प्राविधिक सहयोगमा असार ५, ६ र ७ गते भएको कार्यशालाको सहजिकरण प्रशिक्षक केशव प्रसाद दाहालले गर्नु भएको सस्थाका व्यवस्थापक यमलाल खरेलले जनाकारी गराउनु भयो । कार्यशालाको समापनमा बोल्दै सकोसका पृर्व अध्यक्षहरु बद्री प्रसाद सुवेदी, शरद पौडेल, बालाकृष्ण लम्साल र नहिन्द्र बहादुर क्षेत्री लगायतले संस्थाले बनाएको यो रणनिति कार्यन्वयमा सबै पक्ष कटिबद्ध रहनु पर्नेमा जोड दिनुभयो ।