उदयपुर् बाट आयो दुखद खबर ,घाटी रेटेर सौताको हत्या

प्रकाशित मिति:

उदयपुर-उदयपुरमा एक महिलाको घाँटी रेटी हत्या गरेको छ । उदयपुरको कटारी नगरपालिका – ४ मरुवाकी २० वर्षीया लक्ष्मी राईको घाँटी रेटी हत्या भएको हो ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार आइतबार ३० वर्षीया सीता राईले लक्ष्मीको घाँटी रेटी हत्या गरेकी हुन् । हत्या भएकी लक्ष्मी सीताकी सौता हुन् । ३१ वर्षीय प्रधान राईले सीतामाथि सौता लक्ष्मी ल्याएपछि उनी छुट्टै बस्दै आएकी थिइन् ।

सीतामाथि सौता आएपछि उनको मानसिक अवस्था ठिक नभएको जनाइएको छ । सीताले घरमा कोही नहुने समयमा आफ्नो घरमा लक्ष्मीलाई बोलाएर चक्कुले घाँटी रेटेर हत्या गरेकी प्रहरीले बताएको छ ।घटनाको सूचना प्राप्त हुने वितिकै प्रहरी घटनास्थलमा पुगि सीतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

थप समाचार