कर्मचारीलाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिन जनता बैंकको एलएएनसँग समझदारी

प्रकाशित मिति:

काठमाडौं- जनता बैंक र लिडरसिप एकेडेमि नेपाल एलएएन बिच कर्मचारीको क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम सम्बन्धि संझौता भएको छ।बैंकका विभिन्न तहका कर्मचारीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुरामकुँवर क्षेत्री र एलएएनका फाउण्डर अरुणराज जोशीले हस्ताक्षर गरेका छन्।

एनएएनले अमेरिकाको राइस युनिभर्सिटी बिजिनेस स्कुलको सिप बिकास, ब्यबसायिकक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार तालिम प्रदान गर्नेछ। अनलाइन कोर्स, गोष्ठि तथा सेमिनारहरु मार्फत तालिम दिइने छ।एलएएनले विशेषगरी एड्भान्स लिडरसिप प्रोग्राम, एक्जुकेटिभ लिडरसिप प्रोग्राम, अनलाइन राइस डेलिभरी जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ। यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता बिकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विज्ञप्तिमा उल्लेख छ।

थप समाचार